बन्दुकधारीले जथाभावी गोली चलाउँदा १ जनाको ज्यान गयो « Khabarhub

बन्दुकधारीले जथाभावी गोली चलाउँदा १ जनाको ज्यान गयो


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेदरल्याण्ड्स– नेदरल्याण्ड्सको पूर्वी भेगमा रहेको युट्रेक्ट शहरमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । युट्रेक्ट शहरको ट्राममा एकजना बन्दुकधारीले जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । घटनामा अरु केही घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान पौने ११ बजे युट्रेक्ट शहरको २४ अक्टोबरप्लेन क्षेत्रको ट्राम जंसनमा बन्दुकधारीले गोली चलाएको बताइएको छ ।
घटना भएको क्षेत्रलाई प्रहरीले सिल गरेको र सर्वसाधारणलाई सुरक्षित रुपमा आफ्नो घरभित्रै रहन आह्वान गरेका छन् ।

संदिग्ध बन्दुकधारी फरार रहेको र बन्दुकधारीको खोजी भइरहेको प्रहरीको भनाइ छ । बन्दुकधारीले गोली चलाउनुको कारणबारे केही थाहा हुन सकेको छैन । यद्यपि प्रहरीले घटना आतंकवादसँग सम्बन्धित रहे नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।

डच प्रधानमन्त्री मार्क रुटले घटनाबारे चासो व्यक्त गर्दै साप्ताहिक बैठक स्थगित गरेको जनाएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको