जिल्ला अस्पताल धादिङमा नयाँ भवनबाट ‘ओपिडि’ सेवा शुरु « Khabarhub

जिल्ला अस्पताल धादिङमा नयाँ भवनबाट ‘ओपिडि’ सेवा शुरु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु भएको छ ।

वि.सं. २०७२ साल बैशाख १२ गतेको भूकम्पले ओपीडी भवन भत्किएपछि अस्पतालले अस्थायी भवनमा ओपीडी सेवा संचालन गर्दै आएको थियो ।

भूकम्पले भवन भत्किएपछि हिमालयन हेल्थ केयरले जिल्ला अस्पतालको नयाँ ओपीडी भवन पुनःनिर्माण गरेको हाे।

भवन निर्माण सम्पन्न भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट खटिएका आवसीय विशेषज्ञ चिकित्सकहरुले नयाँ ओपीडी भवनबाट सेवा दिन शुरु गरेको अस्पतालका सूचना अधिकारी कृष्ण उप्रेतीले खबरहबलाई बताए ।

नयाँ भवन संचालमा आएसँगै बिरामीलाई सेवा दिन सहज भएको अस्पतालका सूचना अधिकारी उप्रेतीको भनाइ छ

उनले भने, ‘नयाँ ओपीडी भवन अत्याधुनिक सुविधा सम्पन्न छ, ओपीडीमा चाहिने आधारभूत उपकरण छ, नयाँ भवनमा ओपीडी  सेवा शुरु भएपछि बिरामीलाई सेवा दिन सहज भएको छ ।’

जिल्ला अस्पताल धादिङमा स्त्री तथा प्रसूति, जनरल फिजिसियन, बाल रोग, छाला तथा यौन रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा र रेपियोलोजी सेवा दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०६ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ