अध्ययन पश्चात मात्रै लाल आयोगको प्रतिवेदन : मन्त्री पोखरेल « Khabarhub

अध्ययन पश्चात मात्रै लाल आयोगको प्रतिवेदन : मन्त्री पोखरेल


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मधेश आन्दोलनको न्यायिक छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने स्पष्ट पारेका छन् ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले संघीय संसद बैठक समेत अवरुद्ध पार्दै आइरहेका बेला उपप्रधानमन्त्री पोखरेलले अध्ययन गरेर मात्रै सो प्रतिवेदन सार्वजनिक गर्ने प्रष्टयाएका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले गठन गरेका आयोगको प्रतिवेदन सार्वजनिक हुने तथा सो प्रतिवेदन भने राम्ररी अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने पनि बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय जनता पार्टी, नेपालले सोही माग राखेर अब संघीय संसद बैठक अवरुद्ध नपार्ने दावी पनि गरे ।

मधेश तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानविन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नतृत्वको न्यायिक छानविन आयोग गठन गरेका थिए ।

आयोगले आफ्नो प्रतिवेदन देउवा नेतृत्वको सरकारलाई २०७४ साल माघ २९ गते बुझाए पनि सरकारले त्यो प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेकोमा राष्ट्रिय जनता पार्टी नेपालले आपत्ति जनाउँदै आएको छ ।

सोही आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : २५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल