मालपोत कार्यालय बर्दियाका नासु र खरिदार पक्राउ « Khabarhub

मालपोत कार्यालय बर्दियाका नासु र खरिदार पक्राउ


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया–  सरकारी जग्गा किर्ते गरेको आरोपमा बर्दियाको भुमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ परेका छन ।

बर्दियाको साविक नेउलापुर गाविसको सरकारी जग्गालाई किर्ते गरेर बाँकेको नेपालगन्ज उपमहानगरका एक व्यक्तिको नाममा नामसारी गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोख्रेल पक्राउ परेका हुन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँगका अनुसार सरकारी कागज किर्ते मुद्धामा दुईजना कर्मचारी पक्राउ परे पनि कार्यालयका प्रमुख कृष्णप्रसाद ज्ञवाली फरार रहेका छन् ।

बाँके जिल्लासंग जोडिएको घटना भएकोले थप अनुसन्धानका लागि नासु शर्मा र खरिदार पोखरेललाई नेपालगन्ज लगिएको छ ।

यसैबीच, राजविराजको एक होटलमा सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा अख्तियारको टोलीले नापी कार्यालयका एक कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ ।

नापी कार्यालय राजविराजको जन्जिरदार पदमा कार्यरत पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग २६ हजार लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ५७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं