डाउन सिन्ड्रोम भएकालाई विशेष अवसर दिनुपर्ने माग « Khabarhub

डाउन सिन्ड्रोम भएकालाई विशेष अवसर दिनुपर्ने माग


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गताभित्र पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको क्षमता पहिचान गरी विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले आज अपाङ्गताभित्र डाउन सिन्ड्रोम व्यक्तिको अवस्थाका बारेमा छलफल गर्न आयोजित अन्तरक्रियामा आयोगका सदस्य प्रकाश वस्तीले अपाङ्गगता भएका व्यक्तिमा पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको विशेष क्षमताको पहिचान गरी सरकारले विशेष अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

मानवअधिकारको अवस्था सम्बन्धमा आयोगबाट अनुगमन तथा प्रादेशिक तथा राष्ट्रिय सम्मेलन सम्पन्न गरी नेपाल सरकारलाई सिफारिशसमेत गरेको जानकारी दिँदै उनलेअपाङ्गताको विषयसँग सम्बन्धित कानून, नीति तथा सन्धि, महासन्धिका प्रावधानको कार्यान्वयनमा सरकारको उदाशीनता रहने आरोप लगाए । आयोगले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणलाई आयोगले प्राथमिकतामा दिँदै आएको बताए ।

डाउन सिन्ड्रोम समाज नेपालका अध्यक्ष शीला थापाले डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरु प्राथमिकतामा नपरेको, घरभित्र समेत भेदभावपूर्ण वातावरणको शिकार हुनु परेको, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था तथा सुनिश्चितता हुन नसकेको बताइन् । उनले अपाङ्गताको अवस्थाअनुसार परिचयपत्र प्राप्त गर्न नसक्दा पहिचानको अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरिन् ।

अध्यक्ष थापाका अनुसार मानव शरीरका कोषहरुमा ३३ जोडी क्रोमोजोम हुन्छ । तीमध्ये २१ नम्बरको क्रोमोजोममा जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुने गर्दछ । एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ । यो रोग नभई शारीरिक अवस्था रहेको थापाकाे भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : ४० बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि