विदेशिने घटेपनि रेमिट्यान्स २३ प्रतिशतले बृद्धि « Khabarhub

विदेशिने घटेपनि रेमिट्यान्स २३ प्रतिशतले बृद्धि


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा केही गिरावट आएपनि रेमिट्यान्स आप्रवाह बृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले मंगलबार सावजानिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

राष्ट्र बैंकले हाल आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गदै विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५८२ अर्ब १९ करोड पुगेको जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को ८ महिनाको तथ्याकमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले गिरावट आएको सार्वजानिक गरेको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८७३ प्रतिशतले घटेको र्औल्याएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १२ : १५ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ