हिन्दी फिल्म ‘कड्के कमाल के’ मा आर्यन र नीता « Khabarhub

हिन्दी फिल्म ‘कड्के कमाल के’ मा आर्यन र नीता


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता आर्यन अधिकारी, राजपाल यादव (बलिउड कलाकार) र नायिका नीता ढुंगानाले अभिनय गरेको हिन्दी फिल्म ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त ट्रेलर जी म्युजिक कम्पनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा नेपाली अभिनेता आर्यन अधिकारी र राजपाल यादवलाई शीर्ष भूमिकामा देखाइएको छ । ट्रेलरमा आर्यन कमेडी र एक्सनका साथ प्रस्तुत भएका छन् । यता नीता ढुंगानाको भूमिका ट्रेलरमा कम देखिए पनि फिल्ममा उनी एक मात्र नायिका रहेको बुझिन्छ ।

अइतवारी सिंहले निर्माण गरेको यो फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता आशिष राजे रहेका छन् ।

यो फिल्ममा राजपाल, आर्यन र नीताका अलावा एन्जेल श्रेष्ठ, दया शंकर पाण्डे, उषा नाडकरनी लगायतले अभिनय गरेका छन् । अभिनेता आर्यनलाई फ्यानहरुले युट्युबमा कमेन्ट गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : २० बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण