हिन्दी फिल्म ‘कड्के कमाल के’ मा आर्यन र नीता « Khabarhub

हिन्दी फिल्म ‘कड्के कमाल के’ मा आर्यन र नीता


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता आर्यन अधिकारी, राजपाल यादव (बलिउड कलाकार) र नायिका नीता ढुंगानाले अभिनय गरेको हिन्दी फिल्म ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त ट्रेलर जी म्युजिक कम्पनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा नेपाली अभिनेता आर्यन अधिकारी र राजपाल यादवलाई शीर्ष भूमिकामा देखाइएको छ । ट्रेलरमा आर्यन कमेडी र एक्सनका साथ प्रस्तुत भएका छन् । यता नीता ढुंगानाको भूमिका ट्रेलरमा कम देखिए पनि फिल्ममा उनी एक मात्र नायिका रहेको बुझिन्छ ।

अइतवारी सिंहले निर्माण गरेको यो फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता आशिष राजे रहेका छन् ।

यो फिल्ममा राजपाल, आर्यन र नीताका अलावा एन्जेल श्रेष्ठ, दया शंकर पाण्डे, उषा नाडकरनी लगायतले अभिनय गरेका छन् । अभिनेता आर्यनलाई फ्यानहरुले युट्युबमा कमेन्ट गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  १ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको