तैमुरमाथि फिल्म बन्ला ? डाइरेक्टर मधुर भण्डारकर यसो भन्छन् « Khabarhub

तैमुरमाथि फिल्म बन्ला ? डाइरेक्टर मधुर भण्डारकर यसो भन्छन्


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई- ‘नेसनल अवार्ड विनर’ फिल्ममेकर मधु भण्डारकरले सैफ अली खान र करीना कपूरका छोरा तैमुरमाथि फिल्म बनाउने कुरालाई इन्कार गरेका छन् । भारतीय मिडियामा तैमुरमाथि फिल्म बन्ने समाचार आइरहेका बेला उनले यस्तो खाले कुनै फिल्म बनाउन नलागेको स्पष्ट पारेका हुन् ।

निर्देशक भण्डारकरले उक्त समाचार गलत भएको बताउँदै भनेका छन्, ‘तैमुरमाथि कुनै फिल्म बन्न लागेको छैन, यो रिपोर्ट गलत हो ।’ सैफ अली खान र करीना कपूरका छोरा तैमुर स्टार किड्समा एक हुन्, जसको पपुलारिटी पूरै देशभर भाइरल हुने गर्छ ।

हालै निर्देशक भण्डारकरले तैमुर नामको टाइटल रजिस्टर गराएको चर्चा पनि चलेको थियो । तर, मधुरले आफ्नो प्रोडक्सन हाउसमा यस्तो कुनै टाइटल दर्ता नभएको बताएका छन् । बरु भण्डारकरले आफ्नो अघिल्लो फिल्मको नाम ‘गालिब’ भएको बताएका छन् ।

‘मेरो यात्रा चाँदनी बार फिल्मबाट शुरु भएको थियो र आखिरी फिल्म इन्दु सरकार थियो, जो शानदार फिल्म थियो,’ उनले भनेका छन्, ‘अहिले एक फिल्ममा काम गरिरहेको छु, जसको नाम गालिब हो, फिल्मको कथामा रिसर्च भइरहेको छ ।’

सैफ-करीनाका छोरा तैमुरलाई लिएर बलिउडमा निकै चासो हुने गर्छ । बेलाबेलामा तैमुरका समाचार बाहिर आइरहेका हुन्छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ४१ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै