अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा « Khabarhub

अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपीएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राईले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन (महिला तर्फ)को अन्तिम ४ मा स्थान पक्का गरेकी छन् ।

नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी सिताले ३ नं. बरियताकी शोभालाई २१–१७ र २१–१५ ले पाखा लगाइन् । सेमिफाइनलमा सिताले फाईनल प्रवेशका लागि नेपाल नं. १ सेनाकी नङ्खशल देवी तामाङ्खको सामना गर्ने छिन् । सेनाकी नङ्खशलले सेनाकै रञ्जना भट्टलाई २१–१८, २१–१२ ले पराजित गरिन् ।

यस्तै, अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपीएफकी जेसिका गुरुङ्खलाई २१–१६, २१–९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जन संगको भेट पक्का गरिन् । जेशिकाले महिला टिम इभेन्ट्सको प्रतिस्पर्धामा नेपाल नं. १ खेलाडी नङ्खशललाई पराजित गरेकी थिइन् । रशिलाले प्रदेश १ की सिमा राजबंशीलाई २१–१४, २१–११ ले पराजित गरिन् ।

पुरुष एकलतर्फ सेनाका नम्बर १ खेलाडी रत्नजित तामाङ्ख आफ्नो उपाधी रक्षातर्फ अग्रसर छन् । उपाधीका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१–१०, २१–११ ले पराजित गरे । अव रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकलतर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१०, २१–१० ले पन्छाउँदै रत्नसंगको भेट पक्का गरेका हुन् । यस्तै गरि पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१–१५, १५–२१, २१–१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । फाइनल प्रवेशका लागि बिकासले सुदूरपश्चिमका दीपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । दीपेशले पुलिसका दीपक बोहरालाई २१–१७, २१–१५ ले पन्छाउंदै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् । तामाङ्ख र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गरे ।

यस्तै, गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै सेमिफाईनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २५–५, २५–३ ले तथा एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्खको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१–१२, २१–१२ ले पाखा लगाए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  २ : ४८ बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै