अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा « Khabarhub

अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तर्राष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपीएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राईले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन (महिला तर्फ)को अन्तिम ४ मा स्थान पक्का गरेकी छन् ।

नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी सिताले ३ नं. बरियताकी शोभालाई २१–१७ र २१–१५ ले पाखा लगाइन् । सेमिफाइनलमा सिताले फाईनल प्रवेशका लागि नेपाल नं. १ सेनाकी नङ्खशल देवी तामाङ्खको सामना गर्ने छिन् । सेनाकी नङ्खशलले सेनाकै रञ्जना भट्टलाई २१–१८, २१–१२ ले पराजित गरिन् ।

यस्तै, अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपीएफकी जेसिका गुरुङ्खलाई २१–१६, २१–९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जन संगको भेट पक्का गरिन् । जेशिकाले महिला टिम इभेन्ट्सको प्रतिस्पर्धामा नेपाल नं. १ खेलाडी नङ्खशललाई पराजित गरेकी थिइन् । रशिलाले प्रदेश १ की सिमा राजबंशीलाई २१–१४, २१–११ ले पराजित गरिन् ।

पुरुष एकलतर्फ सेनाका नम्बर १ खेलाडी रत्नजित तामाङ्ख आफ्नो उपाधी रक्षातर्फ अग्रसर छन् । उपाधीका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१–१०, २१–११ ले पराजित गरे । अव रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकलतर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१०, २१–१० ले पन्छाउँदै रत्नसंगको भेट पक्का गरेका हुन् । यस्तै गरि पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१–१५, १५–२१, २१–१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । फाइनल प्रवेशका लागि बिकासले सुदूरपश्चिमका दीपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । दीपेशले पुलिसका दीपक बोहरालाई २१–१७, २१–१५ ले पन्छाउंदै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् । तामाङ्ख र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गरे ।

यस्तै, गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै सेमिफाईनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २५–५, २५–३ ले तथा एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्खको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१–१२, २१–१२ ले पाखा लगाए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  २ : ४८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४