‘भारत’ को पोस्टरमा सलमान खानको दबदबा ! « Khabarhub

‘भारत’ को पोस्टरमा सलमान खानको दबदबा !


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान र क्याटरीना कैफ स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘भारत’ को प्रचार शुरु हुन थालिसकेको छ । यसैबीच निर्माण टिमले फिल्मका केही पोस्टर सार्वजनिक गरेको छ । ती सबै पोस्टरमा सलमान खानलाई पृथक लूकमा देखाइएको छ ।

सलमान र क्याटरीना कैफ मुख्य भूमिका रहेको यो फिल्ममा सलमान खान नेवी अफिसरको लूकमा देखिएका छन् । उनका साथमा क्याटरीना कैफलाई पनि देख्न सकिन्छ ।

सलमान खानले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘मेरो माटो, मेरो देश, भारतलाई सलाम ।’

सलमान खानले नयाँ पोस्टरको सोसल मिडियामा शेयर गरेका छन् । पोस्टरमा सलमान खानले नेवी अफिसरको भूमिका निभाएको कहानी देखाइएको छ ।

पोस्टमा लेखिएको छ १९७५ । पोस्टरमा समुद्र र एक पानीजहाज पनि देखिन्छ । तीन पोस्टरमा सलमान खानलाई फरक–फरक रुपमा देखिएका छन् ।

फिल्मको एक पोस्टरमा सलमान खानलाई बूढो रुपमा देखाइएको छ भने अर्कोमा उनलाई जवान देखाइएको छ ।

पोस्टरका आधारमा सलमान खानको भूमिका महत्त्वपूर्ण भएको देख्न सकिन्छ । अली अब्बास जफरले निर्देशन गरेको यो फिल्म निर्माण अतुल अग्निहोत्री र भूषण कूमारको ब्यानरमा बनिरहेको छ । फिल्म ५ जूनमा इदको मौका पारेर रिलिज हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ४ : ४७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको