शेयर बजार : दोहोरो अङ्कले बढ्यो « Khabarhub

शेयर बजार : दोहोरो अङ्कले बढ्यो


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५.२२ बिन्दुले बजार बढेर एक हजार २३२.२६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९९ बिन्दुले बढेर २६५.५६ बिन्दुमा पुगेको छ । कूल १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ कित्ता शेयर रु ७५ करोड १२ लाख हजार ७६४ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये चार उपसमूहको शेयर भने घटेको छ । यस्तै छ उपसमूहको शेयर भने बढेको छ । स्टकका अनुसार जलविद्युत् ६.१४, वित्त ३.९७, निर्जीवन बीमा १३.३२ र जीवन बीमा २५.०१ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २५.३५, होटल १६.३६, विकास बैंक ०.७२, उत्पादन १०.५७, अन्य १.१९ र लघुवित्त १२ बिन्दुले बढेको छ । आज कुमारी बैंकको सबैभन्दा बढी कारोवार भएको छ ।

सो बैंकको रु आठ करोड ५८ लाख दुई हजार ५३०, प्रभु बैंकको रु चार करोड ४७ लाख सात हजार २३९, नेपाल बैंक लिमिटेड रु चार करोड २० लाख ६४ हजार ३१३, एनएमबी बैंकको रु तीन करोड ६१ लाख ३२ हजार १६७, छिमेक लघुवित्त विकास बैंक रु दुई करोड ९९ लाख २१ हजार ६४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज नेपाल एसबी आई बैंकका शेयरधनीले ६.६५ प्रतिशतले कमाए ।

यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ५.३०, लक्ष्मी बैंक ५.०५, नबिल बैंक ४.७९, ग्रन डेभलपमेन्ट बैंकका शेयरधनीले ४.७२ प्रतिशतले कमाए । त्यस्तै माउण्टेन हाइड्रोपारका शेयरधनीले ५.९४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.८८, कालिका लघुवित्त वित्तीय संस्था ५.४७, तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ४.९५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै