धर्म निरपेक्षताको नाममा सनातन धर्ममाथि आक्रमण – कमल थापा | Khabarhub Khabarhub

धर्म निरपेक्षताको नाममा सनातन धर्ममाथि आक्रमण – कमल थापा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताए ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तरक्रियामा उनले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधलाई भने नियन्त्रण गनुपर्ने बताए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा प्रकरणमा संलग्न सबैलाई छानबिन गरी बडाइका साथ कारवाही गर्नुपर्ने बताउँदै उनले एनसेलको पूँजीगत लाभ कर असुल गर्न सरकारले गरेको गृहकार्यको सराहाना गरे ।

धर्म निरपेक्षताको नाममा केही धार्मिक समूहले सनातन धर्ममाथि आक्रमण गरिरहेको बताउँदै उनले हिन्दू राष्ट्रका लागि आफूहरुले शुक्रबारदेखि देशभर सशक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको उक्त पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्षका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : ३४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका