अमेरिकाद्वारा भेनेजुएला र क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा | Khabarhub Khabarhub

अमेरिकाद्वारा भेनेजुएला र क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन– अमेरिकाले भेनेजुएला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई समर्थन गर्दै आएको मुलुक क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ ।

क्युबाबाट भागेर अमेरिका आइपुगेका मानिसहरुको समूहलाई फ्लोरिडा राज्यमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले क्युबा र भेनेजुएलाको सरकारविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् ।

भेनेजुएलाविद्धको नाकाबन्दीमा त्यहाँको केन्द्रिय बैंकलाई पनि लक्षित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअनुसार भेनेजुएलाको केन्द्रिय बैंकले कुनै पनि अन्तर्राष्ट्रिय संस्थानबाट अमेरिकी डलर प्राप्त गर्न पाउने छैन ।

राष्ट्रपति निकोलस मादुरोलाई सत्तामा टिकाउनका लागि त्यहाँको केन्द्रिय बैंकको भूमिका महत्वपूर्ण रहेको भन्दै पछिल्लो नाकाबन्दी त्यहाँको केन्द्रिय बैंकतर्फ लक्षित रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनको भनाइ छ ।

क्युबामाथि लगाइएको अमेरिकी नाकाबन्दी भने त्यहाँको सैनिक तथा जासुसी निकायप्रति लक्षित रहेको बताइएको छ । पछिल्लो नाकाबन्दीमा क्युबाको सेनाले सञ्चालन गर्दै आएको हवाई सेवा पनि रहेको बताइएको छ ।

त्यसबाहेक अमेरिकाले क्युबामा अमेरिकी नागरिकका लागि भ्रमण प्रतिबन्धको पनि नयाँ घोषणा गरेको छ । क्युबाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई जोगाउने कोशिस गरिरहेको भन्दै क्युबामाथि पनि नाकाबन्दीको नयाँ घोषणा गरेको जनाएका हुन् ।

त्यस्तै पछिल्लो अमेरिकी नाकाबन्दीमा अर्को ल्याटिन अमेरिकी मुलुक निकारागुआ पनि परेको छ । अमेरिकाले निकारागुवामा पनि नयाँ नाकाबन्दीको घोषणा गरेको हो ।

यता भेनेजुएलाका राष्ट्रपति मादुरोले भने अमेरिकी नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको भन्दै त्यसको चर्को विरोध गरेका छन् । त्यस्तै, क्युबाका राष्ट्रपति म्यानुअल डियाज कनालले पनि आफ्नो मुलुकविरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीको निन्दा गर्र्दै भेनेजुएलाका राष्ट्रपति मादुरोलाई क्युबाले गर्दै आएको सहयोग र समर्थनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

पछिल्लो समय क्युबाले भेनेजुएलाका समाजवादी राष्ट्रपति मादुरोलाई समर्थन र सहयोग गर्नका लागि सैनिक सहयोग तथा गुप्तचरी जानकारी दिँदै आएको बताइन्छ ।

गत जनवरीमा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले अमेरिकी समर्थनमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट चुलिँदै गएको छ भने यस विषयमा अन्तर्राष्ट्रिय समुदाय पनि निकोलस मादुरो र गुआइदोको पक्षमा उभिएका छन् ।

मेरिकासहित अन्य पश्चिमा मुलुकले गुआइदोलाई भेनेजुएलाका राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस, चीन सहितका अन्य मुलुकले मादुरोलाई नै त्यहाँको वैधानिक राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : १७ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता