अब नेपालको आफ्नै रेल, पानी जहाज चलाउन १६ कर्मचारी « Khabarhub

अब नेपालको आफ्नै रेल, पानी जहाज चलाउन १६ कर्मचारी


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको बताए ।

त्यसका लागि १६ जना कर्मचारीको दरबन्दी रहने र त्यसको नेतृत्व उपसचिवले गर्ने उनले जानकारी दिए । त्यस्तै सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । जनकपुर–जयनगर रेल सन्चालन गर्न आफ्नै रेलगाडी किनेर सेवा सञ्चालन गर्ने तयारी स्वरुप यस्तो निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । जनकपुर–जयनगर रेल सेवा फागुनदेखि नियमित सञ्चालन गर्ने सरकारको तयारी छ ।

यस्तै सरकारले आउँदो चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ, जसबाट वैदेशिक सहायता भित्र्याउने सरकारको लक्ष्‍य रहेको मन्त्री गोकुल बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको तलव र अन्य सेवा सुविधा वापत हुने भुक्तानी रकमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिर कुमार ढुङ्गानालाई नियुक्त गरिएको छ भने प्रहरी नियमावली छैटौ संसोधन स्वीकृत गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ७ : ४७ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस