अब नेपालको आफ्नै रेल, पानी जहाज चलाउन १६ कर्मचारी « Khabarhub

अब नेपालको आफ्नै रेल, पानी जहाज चलाउन १६ कर्मचारी


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको बताए ।

त्यसका लागि १६ जना कर्मचारीको दरबन्दी रहने र त्यसको नेतृत्व उपसचिवले गर्ने उनले जानकारी दिए । त्यस्तै सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । जनकपुर–जयनगर रेल सन्चालन गर्न आफ्नै रेलगाडी किनेर सेवा सञ्चालन गर्ने तयारी स्वरुप यस्तो निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । जनकपुर–जयनगर रेल सेवा फागुनदेखि नियमित सञ्चालन गर्ने सरकारको तयारी छ ।

यस्तै सरकारले आउँदो चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ, जसबाट वैदेशिक सहायता भित्र्याउने सरकारको लक्ष्‍य रहेको मन्त्री गोकुल बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको तलव र अन्य सेवा सुविधा वापत हुने भुक्तानी रकमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिर कुमार ढुङ्गानालाई नियुक्त गरिएको छ भने प्रहरी नियमावली छैटौ संसोधन स्वीकृत गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ७ : ४७ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग