बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न माग « Khabarhub

बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न माग


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके । प्रदेश ५ को नाम र राजधानी विषयमा विवाद चलिरहेका बेला प्रदेश ५ का बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज गुञ्जन थालेको छ। जसले गर्दा उक्त समितिलाई झन् काम गर्न सकस हुने देखिएको छ ।

एक महिनाअघि नेपालगन्जका मेयर धवलशमशेर राणाले बाँकेलाई कर्णाली प्रदेशमा गाभ्ने सार्वजनिक कार्यक्रममा उद्घोष गरे। असारपछि आन्दोलन चर्काउने र त्यसको आन्दोलन आफूले गर्ने मेयर राणाको भनाइ थियो। केही हप्तापछि राणाले सोही कुरा दोहो¥याए।

बाँके कांग्रेसका तर्फबाट विजयी प्रदेश सांसद सुरेन्द्र हमालले पनि बुटवलको एक एफएममा अन्तर्वार्ता दिँदै मेयर राणाकै कुरामा जोड दिए। उनका कुरा थिए, ‘बाँके र बर्दियालाई उपेक्षा गरी राजधानी बनाउनु हुँदैन। यदी त्यसो भए बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्छ। कि राजधानी देऊ, कि विकल्प देऊ’ भन्ने नारा उद्घोष गरिएको छ। उनले यो कुरा गरिरहँदा अहिले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज बाक्लिँदै गएको छ।’

तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका कार्यालय कर्णाली प्रदेशको राजधानी सुर्खेत सर्न थालेपछि बाँके अताल्लिएको छ। मध्यपश्चिम विकास क्षेत्रको राजधानी सुर्खेत भए पनि राजनीतिक पहुँचमा सुर्खेत हुने कार्यालय बाँकेमा थिए। सुर्खेत राजधानी भए पनि बाँके राजधानीका रूपमा परिचित थियो।

अहिले तिनै संरचना धमाधम सुर्खेत जान लाग्दा बाँकेका राजनीतिक नेतृत्व र व्यापारी निरास छन्। प्रदेश विभाजन हुँदा दाङले चर्कोरूपमा राजधानी माग्यो। कपिलवस्तु, नवलपरासीलगायतका केही जिल्लाले पनि धुमिलो स्वरमा राजधानी मागे तर, उनीहरूको आवाज दब्यो। सोही स्वरमा बाँकेले पनि प्रदेश राजधानीको माग ग(यो तर, त्यो आधारबिनाको।

प्रदेश ५ मा पर्ने बाँकेको व्यापार पछिल्लो समय खस्कँदै छ। कर्णालीको प्रवेशद्वार मानिने बाँकेमा अहिले प्रशासनिक काम कम हुन्छ। प्रशासनिक काम कम हुँदा अहिले स्वास्थ्य र शिक्षाका लागि कर्णालीबाट नेपालगन्ज आउँछन्। प्रशासनिक कामका लागि सुर्खेत जानुपर्छ। बाँकेलाई कर्णालीमा समेटेमा उक्त कार्यालय यथावत हुने र पुरानै चहलपहलमा फर्कने बाँकेको दाउ छ। नागरिक दैनिकमा खबर छ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ९ : ०८ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई