साहसिक पदयात्राका लागि विश्वकै आकर्षण अन्नपूर्ण | Khabarhub Khabarhub

साहसिक पदयात्राका लागि विश्वकै आकर्षण अन्नपूर्ण



विश्वभरका साहसी पर्यटक र पदयात्रीका लागि नेपाल आकर्षणको केन्द्रका नै हो । अग्ला हिमाल र प्राकृतिक सुन्दरताका मन लोभ्याउने मनोरम दृश्य हेर्न हरेक वर्ष लाखौंको सङ्ख्यामा विश्वका कुनाकुनाबाट पर्यटकहरु नेपाल आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गलाई विश्वका चर्चित संस्थाहरुले विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय पदमार्गका दर्जामा समेत राख्ने गरेका छन् । अन्नपूर्ण पदयात्रा नेपालको सबैभन्दा आकर्षक पदयात्रा पनि हो । यहाँबाट अनेक भूबनोट, संस्कृति र मनोरम दृश्यको अनुभव गर्न सकिन्छ ।

यो पदयात्राबाट अन्नपूर्ण हिमश्रृंखला, मनास्लु (८,१५६ मिटर), धौलागिरी (८,१६७ मिटर), माछापुच्छ्रे (६,९९३ मिटर), हिमचुली (६,४४१ मिटर), लाङटाङ हिमाल (७,२२७ मिटर) को मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

यसबाहेक यो पदयात्राका क्रममा अग्ला हरिया पहाड, सजीव उपत्यका र सुक्खा चुचुराका मनोरम दृश्यले हरेकको मन आकर्षित गर्ने गर्छन् ।

त्यस्तै, यो पदयात्रामा नेपालको राष्ट्रिय फूल लालिगुराँस, रंगीविरंगी सुनगाभासहित विभिन्न फूलहरुले खासगरी वसन्त ऋतुको समयमा सुनमा सुगन्ध थप्छन् ।


अन्नपुर्ण पदयात्रामा पर्यटकले उकालो ओरालो, अनेक उपत्यका, अविरल बग्ने नदीहरु, धेरै उचाईबाट खसेका झरनाहरु छिचोल्दै, माछापुच्छे्रको टाकुरा नियाल्दै अनी संसारकै सबैभन्दा गहिरो काली गण्डकीको गल्छीसँगै अगाडि बढ्नुको अनुभूती नै बेग्लै हुने गर्छ ।

पुनहिल (३२१० मिटर) अर्को आकर्षणको केन्द्रका रुपमा रहेको छ । यहाँबाट अन्नपुर्ण र अन्य हिमालको अवलोकन गर्न सकिनुका साथै सूर्योदय र सूर्यस्तको पनि मनोरम दृश्य देख्न पाइन्छ ।

अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर

अन्नपूर्ण आधार शिविरको पदयात्रा सबै मौसमका लागि उपयुक्त छ । यद्यपि बेलुकी र रातीको समयमा मेघ गर्जनसहित पानी पर्ने भएकाले मनसुनको सिजनमा यो पदयात्रामा निस्कनु उति उपयुक्त मानिँदैन । तर, यसको मतलब यो मौसममा हिमालका शिखरहरु बादलभित्र लुक्छन् र हिमालको दृश्यावलोकन गर्न पाइन्न भन्ने चाँही होइन ।

अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि शरद ऋतुको समयलाई सबैभन्दा उपयुक्त मानिन्छ । यो ऋतुमा सुख्खा हुने र आकाश पनि निलो र सफा हुने अनी तापक्रम पनि धेरै नहुने भएकाले यो ऋतुमा हिमालको अवलोकन गर्न सबैभन्दा उत्तम हुन्छ । यही ऋतु नेपालमा पदयात्राका लागि उपयुक्त हुने भएकाले पदमार्गमा धेरै भीड हुने गरेको छ ।

नाम नै अन्नपूर्ण पदयात्रा भएकाले यो पदयात्राको सबैभन्दा ठूलो आकर्षण अवश्यपनि अन्नपूर्ण प्रथम हिमाल नै हो । अन्नपूण प्रथम ८ हजार मिटरभन्दा माथि सबैभन्दा पहिले आरोहण गरिएको हिमाल पनि हो । अन्नपूर्ण प्रथम पदयात्राको मुख्य आकर्षण रहेपनि यो क्षेत्रमा रहेका अन्य हिमालले पनि पदयात्रामा उत्तिकै महत्व राख्छन् । जसमा अन्नपूर्ण प्रथमबाट पश्चिममा रहेको धौलागिरी हिमालको नाम पनि आउँछ ।

यी दुई विशाल हिमालको बीचमा विश्वकै सबैभन्दा गहिरो कालिगण्डकीको गल्छीसमेत अवस्थित छ ।

यो क्षेत्रमा पदयात्राबाट पदयात्रीले उर्बर र बाँझा जमिनका फाँट, अविच्छिन्न जंगल, हिउँले ढाकेका हिमाल, सुन्दर फूलहरु, चराहरु र अनेक जातीका मानिसहरुको संगमको आभाष गर्नसक्छन् ।

अन्नपूर्ण श्रृंखलाबाट पारी तर्फको क्षेत्रमा वर्षाको छायाँ पर्न गई त्यस क्षेत्र अन्य क्षेत्रभन्दा केही सुख्खा रहेको छ ।


प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  १ : ३२ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती