४३ लाख पर्ने घडी लगाएर हिँड्छिन् प्रियंका | Khabarhub Khabarhub

४३ लाख पर्ने घडी लगाएर हिँड्छिन् प्रियंका


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय फिल्म उद्योगमा ‘देसी गर्ल’ को उपमा पाएकी प्रियंका चोपडाले कान्स फिल्म फेस्टिवल २०१९ को रेड कार्पेटमा डेब्यु गरिन् ।

प्रियंका एक यस्ती बलिउड अभिनेत्री हुन् जो भारतमा मात्र नभएर विदेशमा पनि आफ्ना अभिनय र फेसनका कारण चर्चामा हुने गरेकी छिन् ।

महंगा सामान र पहिरनकी सोखिन प्रियंका सधै आफ्नो स्टाइलबाट मानिसहरुलाई प्रभावित पार्न सफल हुने गरेकी छिन् । यस्तै एक तस्वीर निकै भाइरल भएको छ । जसमा प्रियंकाको घडीको मूल्यलाई लिएर चर्चा भएको छ ।

कांस फिल्म फेस्टिवलमा प्रियंका शिमरी व्ल्याक तथा मरुन कलरको नेकलाइन थाई हाई स्लिट गाउनमा देखिएकी थिइन् । आफ्नो यो लुक्सलाई अझ राम्रो देखाउनका लागि उलले आफ्नो कपाल, मेकअपलाई विशेष ध्यान दिएकी थिइन् ।

उनले लगाएको ह्याप्पि स्पोर्ट वाच(घडी) को कुरा गर्ने हो भने यसमा १८ क्यारेटको सुनका साथ हिरापनि जडान भएको छ ।

यो घडीको मूल्य सुन्ने हो भने जो कोही पनि छक्क पर्छ । यसको मूल्य करीब २६ लाख ५७ हजार भारतीय रुपैयाँ( करीब ४३ लाख नेपाली रुपैयाँ) पर्छ ।

प्रियंका चोपडाको कमाइका कारण उनका लागि यो सामान्य नै हुन सक्ला तर आम मानिसको लागि यो मूल्यले त घर नै किन्न पुग्छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ४ : १५ बजे

साताका १३ तस्बिर

बाजुराको बूढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकाया सुत्केरी

बन्द गर्छु आँखाहरू

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ

कछुवाको आकृति भएको औँठी किन लगाउने ?

वास्तुशास्त्र अनुसार कछुवाको आकृति भएको औँठीको प्रभावबाट व्यक्तिको जीवनमा सुखद्

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन्

तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल