विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन, तपाईंले याद गर्नु भएको छ ? « Khabarhub

विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन, तपाईंले याद गर्नु भएको छ ?


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विवाह यस्तो बन्धन हो जसमा युवतीले आफ्नो घर छोडेर नयाँ घरमा बस्नु पर्ने हुन्छ । नयाँ घरको चाल चलन सबैलाई अपनाउनु पर्ने हुन्छ ।

महिलाले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् । छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । तर तपाईलाई थाहा छ छोरी या युवतीबाट बुहारी बनेपछि महिलामा के परिवर्तन आउँछ । जे सुकै परिवर्तन आएपनि त्यसको सकारात्मक वा नकारात्मक प्रभाव पतिलाई पर्छ ।

के के परिवर्तन आउँछ त विवाहपछि युवतीमा ?

शरीरमा लापरवाही

विवाह भन्दा पहिला युवतीहरुले आफ्नो फिगरलाई विशेष ध्यान दिने गरका हुन्छन् । राम्रो फिगरका लागि खानपानमा पनि विशेष ध्यान दिएका हुन्छन् । तर विवाह पछि उनीहरुको ध्यान अन्तै केन्द्रित हुन जान्छ । उनीहरु विवाह भन्दा पहिला शरीरलाई स्फूर्त राख्नका लागि निकै मिहेनत गर्छन् तर विवाह पछि कसलाई देखाउनु छ र ? भन्दै वेवास्ता गर्छन् ।

कामको चाप

विवाह भन्दा पहिला घरमा सबै काम गर्ने युवती विवाह गरेपछि केही अल्छि हुन्छन् । उनीहरुको लागि विवाह गरेर गएको घरमा काम गर्ने मानिसको सहायता चाहिनेसमेत हुन जान्छ ।

हिसाब किताब

विवाह भन्दा पहिला घरायसी खर्चमा कुनै वास्ता नराख्ने युवती विवाह गरेर गएपछि भने आर्थिक कारोबारमा सक्रिय बन्न खोज्छन् । विवाह भन्दा पहिला बैंकमा खाता नहुने र खोल्ने आवश्यकता नठान्नेहरुले समेत विवाह पछि बैंकमा खाता खोल्छन् भने घरायसी हिसाबकितामा पनि सक्रियता जनाउँछन् । कसले कति खर्च गरो वा किन गरो, पतिलाई खर्च विवरण माग्ने लगायतका काम गर्छन् ।

आमालाई फोन

विवाह भन्दा पहिला कतै गएको बेलामा आमाले फोन गरेमा झर्कने छोरीले विवाह गरेपछि आमालाई आफैं फोन गर्छन् भने आमाको फोनको प्रतिक्षा गर्छन् । विवाहपछि आमालाई धेरै महत्व दिने र विवाह गरेर गएको घरको आमा(सासू) र परिवारलाई कम महत्व दिने भएका कारण पनि कयौं घरहरुमा विवाद हुने गरेको छ ।

नन्द जेठानीसँगको प्रतिस्पर्धा

विवाह भन्दा पहिला बहिनी वा भाउजु वा अरुले के लगाए वा के किने भन्ने कुरामा युवतीको खासै चासो रहँदैन । आफूलाई मन परेको र मर्जी अनुसारका कपडा र अन्य गरगहनामा चासो राखेका हुन्छन् तर विवाह गरेर गएपछि नन्द वा जेठानीसँग प्रतिस्पर्धा शुरु हुन्छ । कपडा, स्टाटस फेसन लगायत हरेकमा नन्द जेठानीसँगको प्रतिस्पर्धा शुरु हुन्छ । नन्दले वा जेठानीले यसो गरिसकी भन्दै उनीहरुको मन शान्त रहन सक्दैन ।

सुखी पत्नी र दुखी पति

विवाहभन्दा पहिला पुरुषको मन पर्ने बानी पनि विवाह पछि युवतीलाई मन पर्न छोड्छ । विवाह गरेर गएपछि युवतीका लागि आफ्नो भाइ संसारकै सबैभन्दा दुखी पति लाग्छ भने बहिनी, जेठानी र नन्द जस्ता महिला सबै भन्दा सुखी लाग्छ ।

पहिला जस्तो छैन

हरेक युवतीले विवाह पछि गुनासो गर्छन् । विशेषगरि पतिसमक्ष उनीहरुको गुनासो हुन्छ । तपाई पहिलाको जस्तो हुनुहुन्न । फेरिनुभयो जस्तो शव्द उनीहरुको नियमित बन्न जान्छ । विवाह पछि पनि व्यक्ति वा पुरुष पहिलाको जस्तै कसरी रहन सक्छ र ? भन्ने चाहिँ उनीहरुले सोच्दैनन् । त्यस्तै पुरुषले पनि युवतीमाथि सोच्ने गर्छ । महिला र पुरुष दुवै स्वतन्त्र भएको बेलाको जस्तो हुँदैनन् । पारिवारिक झमेला, सम्बन्ध र जिम्मेवारीले गर्दा सबै परिवर्तन हुन्छन् भन्ने दुबै पति र पत्नीले बुझ्ने हो भने समस्या नै पर्दैन ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ४४ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६