मर्यादाक्रम सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण « Khabarhub

मर्यादाक्रम सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सङ्लग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पदाधिकारीको आज बसेको पूर्ण बैठकले सो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामा समेत आँच आउने ठहर गरेको छ ।

मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, सङ्घीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनलाई आधार मान्नुपर्ने जनाएको छ ।

सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ४ : २३ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६