घर पाउने सूचीबाट बाराका हुरीपीडितको नाम गायब : शिलान्यास गर्दा १४०२ घरको सूची, अहिले ८४६ मात्र « Khabarhub

घर पाउने सूचीबाट बाराका हुरीपीडितको नाम गायब : शिलान्यास गर्दा १४०२ घरको सूची, अहिले ८४६ मात्र


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ। सेनाले तथ्यांक संकलनका क्रममा पूर्ण क्षति भएका एक हजार चार सय दुई घरको तथ्यांक निकाले पनि अहिले आठ सय ४६ घरको सूचीअनुसार निर्माण गरिरहेको नयाँ पत्रिकामा खबर छ।

२१ वैशाखमा केन्द्र सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसहित ११ मन्त्री र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्दा एक हजार चार सय दुई घर नै निर्माण गरिने सूचीमा थिए। अहिले आठ सय ४६ घर मात्रै समेटिएपछि पीडितहरू जनप्रतिनिधिविरुद्ध आन्दोलित भएका छन्।

‘गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले वास्तविक पीडितलाई घर पूर्ण क्षति भएको सूचीबाट हटाएर निकटस्थहरूलाई मात्रै समेटेका छन्। फरक राजनीतिक आस्था राख्नेलाई छानीछानी अन्याय गरिएको छ,’ पीडित रम्भा देवीको आरोप छ। भरवलियामा आफूलगायत सय घरपरिवार अझै भत्केको घर र त्रिपालमुनि दिनरात काटिरहेको रिना देवीले बताइन्। ‘हावाहुरीले घरविहीन बनाएको छ, हामी त्रिपालमुनि छौँ, तर जनप्रतिनिधि नै हाम्रो पीडामाथि खेल्दै छन्,’ उनले भनिन्।

पीडित परिवारका महिला जम्मा भएर सोमबार गाउँपालिका कार्र्यालय तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा गाउँपालिका अध्यक्ष अमिरीलाल पक्षधर समूहले अवरोध गर्दा झडप नै भयो। प्रहरीले हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिएको थियो।

वास्तविक पीडितको घर निर्माण नभएको भन्दै मुख्यतः चार गाउँमा विवाद भएको छ। फेटा गाउँपालिका–१ भलुही भरवलिया, प्रसौनी गाउँपालिका–४ खुटुवाजब्दी, परवानीपुर गाउँपालिका–४ चैनपुर र सुवर्ण गाउँपालिकाको हर्दियामाका पीडित आन्दोलित छन्।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ०३ बजे

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा

यसरी मनाइँदै छ उपत्यका र पहाडमा होली (तस्बिरहरू)

काठमाडौं– फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भादगाउँ– वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

कञ्चनपुर– मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित