घर पाउने सूचीबाट बाराका हुरीपीडितको नाम गायब : शिलान्यास गर्दा १४०२ घरको सूची, अहिले ८४६ मात्र « Khabarhub

घर पाउने सूचीबाट बाराका हुरीपीडितको नाम गायब : शिलान्यास गर्दा १४०२ घरको सूची, अहिले ८४६ मात्र


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ। सेनाले तथ्यांक संकलनका क्रममा पूर्ण क्षति भएका एक हजार चार सय दुई घरको तथ्यांक निकाले पनि अहिले आठ सय ४६ घरको सूचीअनुसार निर्माण गरिरहेको नयाँ पत्रिकामा खबर छ।

२१ वैशाखमा केन्द्र सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसहित ११ मन्त्री र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्दा एक हजार चार सय दुई घर नै निर्माण गरिने सूचीमा थिए। अहिले आठ सय ४६ घर मात्रै समेटिएपछि पीडितहरू जनप्रतिनिधिविरुद्ध आन्दोलित भएका छन्।

‘गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले वास्तविक पीडितलाई घर पूर्ण क्षति भएको सूचीबाट हटाएर निकटस्थहरूलाई मात्रै समेटेका छन्। फरक राजनीतिक आस्था राख्नेलाई छानीछानी अन्याय गरिएको छ,’ पीडित रम्भा देवीको आरोप छ। भरवलियामा आफूलगायत सय घरपरिवार अझै भत्केको घर र त्रिपालमुनि दिनरात काटिरहेको रिना देवीले बताइन्। ‘हावाहुरीले घरविहीन बनाएको छ, हामी त्रिपालमुनि छौँ, तर जनप्रतिनिधि नै हाम्रो पीडामाथि खेल्दै छन्,’ उनले भनिन्।

पीडित परिवारका महिला जम्मा भएर सोमबार गाउँपालिका कार्र्यालय तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा गाउँपालिका अध्यक्ष अमिरीलाल पक्षधर समूहले अवरोध गर्दा झडप नै भयो। प्रहरीले हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिएको थियो।

वास्तविक पीडितको घर निर्माण नभएको भन्दै मुख्यतः चार गाउँमा विवाद भएको छ। फेटा गाउँपालिका–१ भलुही भरवलिया, प्रसौनी गाउँपालिका–४ खुटुवाजब्दी, परवानीपुर गाउँपालिका–४ चैनपुर र सुवर्ण गाउँपालिकाको हर्दियामाका पीडित आन्दोलित छन्।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै