बंगलादेशको दोस्रो जितमा शाकिबको शतक « Khabarhub

बंगलादेशको दोस्रो जितमा शाकिबको शतक


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

टाउनटनमा सोमबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको व्ष्ट इन्डिजले दिएको ३२२ रनको लक्ष्य ४१.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशका लागि शकिब अल हसनले अविजित रहदै १सय२४ रनको शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १६ चौका प्रहार गरे । जारी विश्वकपमा शकिबको यो दोस्रो शतक हो ।

यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास आक्रामक ब्याटिङ गर्दै ९४ रनको योगदान दिए । यस्तै, तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए ।

बंगलादशविरुद्ध वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान जासन होल्डरले ३३ रनको आक्रामक पाली खेल्दा क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न सकेनन् ।

निकोलस पुरनले २५ तथा डरेन ब्राभोले १९ रन बनाए।

बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३र३ विकेट हात पारे । यस्तै शाकिब अल हसन २ विकेट लिए ।

वेष्ट इण्डिजलाई हराएसंगै बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ । बंगलादेशले पनि ५ खेलबाट ५ अंक जोडेको छ । बंगलादेश पाँचौ स्थानमा समेत उक्लिएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : २० बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र