मिर्गौलामा पत्थरी भएको छ ? घरेलु उपायद्वार यसरी सजिलै हटाउन सकिन्छ « Khabarhub

मिर्गौलामा पत्थरी भएको छ ? घरेलु उपायद्वार यसरी सजिलै हटाउन सकिन्छ


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसहरमा अहिले पत्थरीको समस्या देखिने गरेको छ । पत्थरीको समस्या देखिनुको मुख्य कारक खानपीन नै हो ।

खानपीनमा विशेष ध्यान नदिँदा धेरैलाई मिर्गौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ पिसावमार्फत बाहिर जान्छ ।

मिर्गौलामा भएको पत्थरी हटाउने घरेलु उपाय बारे तपाईलाई थाहा नहुन सक्छ । घरमै पाइने सामग्रीको सही प्रयोगले पत्थरी समस्या हटाउन सकिन्छ ।

कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाब मार्फत निस्किन्छ ।

अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाइन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मिनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ मिलाएर पिउँदा पनि पत्थरी हट्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पत्थरी ठीक हुन्छ ।

गहतको झोल
गहतको दाल बनाएर त्यसको झोल पिउँदा पनि पत्थरी हट्छ । गतहको झोलले किड्नीमा भएको पत्थरीलाई फुटाउने काम गर्छ ।

खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ०६ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको