छोरी जन्माउनेलाई वार्षिक १२ सय दिइने « Khabarhub

छोरी जन्माउनेलाई वार्षिक १२ सय दिइने


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए ।

अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई ‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक एक सय रुपैयाँका दरले वार्षिकरूपमा एकमुष्ट एक हजार २ सय उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरुलाई दिइएको पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्टरूपमा उपलब्ध गराइने छ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए ।

यसैबीच उपमहानगरपालिकाले उपमेयर महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उपमेयर महिला कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याइएको हो ।

त्यसैगरी उपमहानगरपालिकाले ‘सक्षम महिला, विकासमा पहिला’ अभियानका लागि महिलाको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई विकास तथा निर्माण, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्ने पनि नीति ल्याएको छ । ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्षमा उपमहानगरपालिकाभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक र पर्यटकीयस्थलमा भ्रमण गराउने नीति उपमहानगरपालिकाले पारित गरेको छ ।

दाङको धारापानी, लुम्बिनी, स्वर्गद्वारीजस्ता पर्यटकीय र तीर्थस्थलमा भ्रमण गराउनका लागि आवश्यक बजेट विनियोजन गरिने उपमहानरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १० : १६ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था