राष्ट्रियसभामा कांग्रेस सांसदले भने : हामीले कुर्ची भाँचेका त छैनौं नि « Khabarhub

राष्ट्रियसभामा कांग्रेस सांसदले भने : हामीले कुर्ची भाँचेका त छैनौं नि


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिनुभएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता पाण्डेले सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने बताउनुभएको हो । सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले प्रतिपक्षी दलले संसदीय मर्यादा विपरित प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको बताएपछि नेता पाण्डेले प्रतिपक्षी दलको मुख थुन्ने प्रयत्न नगर्न चेतावनी दिएका हुन् ।

उनले भने “प्रतिनिधिसभामा प्रधानमन्त्रीले मात्रै बोल्न पाउने अनि प्रतिपक्षी दलले बोल्न नपाउने ? प्रतिपक्षीलाई सदनभित्र पनि मुख थुन्ने प्रयास गरिँदै छ । प्रतिपक्षी दलको आवाजलाई दबाउने प्रयत्न गरिदै छ । यो आवाज सदनमा दबाउनुभयो भने सडकमा पोखिन्छ भन्ने कुरा पनि याद गर्नुहोला । जति सदनमा दमन हुन्छ त्यति सडकमा यी कुराहरु छताछुल्ल हुन्छ ।”

संसदीय मुल्य मान्यताका बारेमा कसैले कांग्रेसलाई सिकाउनु नपर्ने भन्दै उनले भने “हामीले आजसम्म माईक उचालेका छैनौ, कुर्सी भाँचेका छैनौ, अर्थमन्त्रीको ब्रिफकेश फोडेका छैनौ । संसदीय अभ्यास हाम्रो प्राण हो ।”

सरकारले संविधान विपरित ल्याएका विधेयकका विरुद्ध जनता सडकमा ओर्लिएको र टोलटोलमा सरकारको विरोधमा प्रर्दशन भईरहेको भन्दै उनले सरकारलाई संयमित भएर संविधान अध्ययन गर्न सुझाव दिए ।

उनले भने “संयमित हुनुहोस् । बुझ्नुहोस् । जनताको आवाज हिजो पनि धेरैले थुन्ने कोशिस गरेका थिए । हिजो जो जो ले शासन लिए , जनताको अधिकार खोस्ने चेस्टा गरे तिनले पनि यो रोस्टममा सरकारको प्रतिनिधि भएर, सरकारको तर्फबाट बोल्दा खेरी त्यस्तै देख्थे । उरालिएको भिड देख्थे । कसैबाट सञ्चालित देखेका थिए ।”

अधिकारका लागि माइतीघर मण्डलामा जम्मा भएका गुठीयारमाथि सरकारले गरेको दमन विरुद्ध जनप्रतिनिधिहरुले सदनमा आवाज उठाएको भन्दै उनले संसदीय प्रक्रिया विपरित विधेयकबारे प्रतिनिधिसभामा कुरा गरियो भन्न नमिल्ने तर्क गरे ।

भुमाफियालाई किसानको नाममा जमिन बाड्न नसकिने भन्दै उनले भु–माफियाको चंगुलमा बनेको विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए । जनताको आवाज सुन्ने हो भने सरकारले विधेयक फिर्ता लिन सक्ने भन्दै उनले समयमै जनताको चाहानाको सम्बोधन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : ३२ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ