सफलता हात पार्न यी सात सूत्र अवलम्बन गर्नुहोस् « Khabarhub

सफलता हात पार्न यी सात सूत्र अवलम्बन गर्नुहोस्


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसले आफ्नो जीवनमा सफलता चाहेका हुन्छन् । यही सफलताका लागि मानिसहरु रातदिन मेहनत गरिरहेका हुन्छन् । तर सधैँ, सबै मानिस सफल हुन सक्दैनन् । कतिपय अवस्थामा सफलता हात पार्न हामीलाई केही सूत्रले सहयोगी भूमिका खेलिरहेको हुन्छ । आउँनुहोस् सफलताका सात सूत्रबारे जानी राखौँ ।

१.अगाडि बढ्नु छ भने आफुलाई र अरूलाई हिजोको दृष्टिले होइन । आजको दृष्टिले हेर्नुे गर्नुहोस् । हिजोको भाषा होइन, आजको भाषा बोल्नुहोस् । हिजोमै रोकिने होइन आजमा प्रवेश गर्नुहोस् । आज अर्थात वर्तमानमा हिँड्नुहोस् तर हिजो र भोलिलाई पनि नबिर्सनुहोस् । हिजोको सम्झना र भोलिको कल्पनाबाट ऊर्जा लिएर आजलाई गति दिनुहोस् ।

२.सिकेर सकिँदैन कहिल्यै । सर्वज्ञ र सर्वेसर्वा कोही हुँदैन । सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ । सफलतापछि पनि अर्को सफलता आउँछ । अगाडि बढ्ने कुरा कहिल्यै रोकिँदैन ।

३. पाइला राख्नलाई धर्ती छ, सोच्नको लागि आकाश छ, चढ्नको लागि शिखर छ । जिउनको लागि जीवन छ । उठ्नुहोस्, हिँड्नुहोस्, हेरेर हिँड्नुहोस्, दृढतापूर्वक हिँड्नुहोस् । शिखर जति टाढा भए पनि हिँड्दै गरे मात्र नजिक पुगिन्छ । र पुग्नलाई आनन्दपूर्वक हिँड्नु पर्छ ।

४. तपाईंमा कर्मठ र धैर्य होस्, उत्साह अदम्य होस् । शक्ति साधन परिचालनको कला होस् । यसले पनि सफलता सहज बन्नेछ ।

५.आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो हुनेछैन । आफूले आफँैलाई दिएको वचन नतोड्नुहोस् । आफ्नो वचनले आफ्नै निर्णयलाई पूरा गरे पुग्ने छ ।

६. काम सफल-असफल जे होस्, ठीक हो भने गर्नुपर्छ । यसले जीवनलाई रस दिन्छ । अर्थ दिन्छ । सोचेका सबै काम भ्याउँन कठिन हुन्छ भन्ने तपाईंलाई थाहा छ । तर सोच्नुहोस्, प्रयास छाडेको छैन र कोशिस गर्दै गर्दा प्रेरणा पनि बढ्दै जानेछ । यस्तै समयलाई व्यर्थै नफाल्नुहोस् । यसलाई रित्तै जानदिनु हुँदैन । जीवन निरस बन्नु हुँदैन ।

७. तपाईंको सोच प्रस्ट हुनुपर्छ । संभावना देख्ने दूर दृष्टि हुनुपर्छ । साकार पार्ने संकल्प गर्नुहोस् । आफु हिँड्ने बाटोको सही पहिचान गर्नुहोस् । तपाईंको हिँडाई नियमित होस् । यसले सफलता सहज बन्ने छ र शुलभ हुनेछ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४३ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका