सफलता हात पार्न यी सात सूत्र अवलम्बन गर्नुहोस् | Khabarhub Khabarhub

सफलता हात पार्न यी सात सूत्र अवलम्बन गर्नुहोस्


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसले आफ्नो जीवनमा सफलता चाहेका हुन्छन् । यही सफलताका लागि मानिसहरु रातदिन मेहनत गरिरहेका हुन्छन् । तर सधैँ, सबै मानिस सफल हुन सक्दैनन् । कतिपय अवस्थामा सफलता हात पार्न हामीलाई केही सूत्रले सहयोगी भूमिका खेलिरहेको हुन्छ । आउँनुहोस् सफलताका सात सूत्रबारे जानी राखौँ ।

१.अगाडि बढ्नु छ भने आफुलाई र अरूलाई हिजोको दृष्टिले होइन । आजको दृष्टिले हेर्नुे गर्नुहोस् । हिजोको भाषा होइन, आजको भाषा बोल्नुहोस् । हिजोमै रोकिने होइन आजमा प्रवेश गर्नुहोस् । आज अर्थात वर्तमानमा हिँड्नुहोस् तर हिजो र भोलिलाई पनि नबिर्सनुहोस् । हिजोको सम्झना र भोलिको कल्पनाबाट ऊर्जा लिएर आजलाई गति दिनुहोस् ।

२.सिकेर सकिँदैन कहिल्यै । सर्वज्ञ र सर्वेसर्वा कोही हुँदैन । सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ । सफलतापछि पनि अर्को सफलता आउँछ । अगाडि बढ्ने कुरा कहिल्यै रोकिँदैन ।

३. पाइला राख्नलाई धर्ती छ, सोच्नको लागि आकाश छ, चढ्नको लागि शिखर छ । जिउनको लागि जीवन छ । उठ्नुहोस्, हिँड्नुहोस्, हेरेर हिँड्नुहोस्, दृढतापूर्वक हिँड्नुहोस् । शिखर जति टाढा भए पनि हिँड्दै गरे मात्र नजिक पुगिन्छ । र पुग्नलाई आनन्दपूर्वक हिँड्नु पर्छ ।

४. तपाईंमा कर्मठ र धैर्य होस्, उत्साह अदम्य होस् । शक्ति साधन परिचालनको कला होस् । यसले पनि सफलता सहज बन्नेछ ।

५.आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो हुनेछैन । आफूले आफँैलाई दिएको वचन नतोड्नुहोस् । आफ्नो वचनले आफ्नै निर्णयलाई पूरा गरे पुग्ने छ ।

६. काम सफल-असफल जे होस्, ठीक हो भने गर्नुपर्छ । यसले जीवनलाई रस दिन्छ । अर्थ दिन्छ । सोचेका सबै काम भ्याउँन कठिन हुन्छ भन्ने तपाईंलाई थाहा छ । तर सोच्नुहोस्, प्रयास छाडेको छैन र कोशिस गर्दै गर्दा प्रेरणा पनि बढ्दै जानेछ । यस्तै समयलाई व्यर्थै नफाल्नुहोस् । यसलाई रित्तै जानदिनु हुँदैन । जीवन निरस बन्नु हुँदैन ।

७. तपाईंको सोच प्रस्ट हुनुपर्छ । संभावना देख्ने दूर दृष्टि हुनुपर्छ । साकार पार्ने संकल्प गर्नुहोस् । आफु हिँड्ने बाटोको सही पहिचान गर्नुहोस् । तपाईंको हिँडाई नियमित होस् । यसले सफलता सहज बन्ने छ र शुलभ हुनेछ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४३ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध