कलाकारका लागि ‘जात्रै जात्रा’ को स्पेशल शो « Khabarhub

कलाकारका लागि ‘जात्रै जात्रा’ को स्पेशल शो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्षको सफल चलचित्र ‘जात्रै जात्रा’ ले रिलिजदेखि अहिलेसम्म पनि निरन्तर दर्शक पाइरहेको छ । जेठ ३ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मन जितेको छ भने बक्स अफिसमा पनि नोट छापेको छ ।

यसैबीच कलाकारलाई देखाउनका लागि फिल्म युनिटले स्पेशल शो राखेको छ । राजधानीको बिग मुभिजमा गरिएको स्पेशल स्किृनिङमा कैयन् सेलिब्रेटीको उपस्थिति थियो । समीक्षकले समेत मन पराएको यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

राजधानीमा गरिएको ‘स्पेशल शो’मा वरिष्ठ कलाकार सुनील थापा, रेखा थापा, नम्रता श्रेष्ठ, सन्दीप क्षेत्री लगायतका चर्चित कलाकारको उपस्थिति थियो । यस्तै फिल्मका शीर्ष कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल लगायतका कलाकार उपस्थित थिए ।

फिल्म शुरु हुनुभन्दा पहिले निर्देशक प्रदीप भट्टराईले फिल्म सफल रुपमा सफल भएको र ५१ दिन मनाओस् भन्ने आशा राखेको धारणा राखे ।

सफल चलचित्र ‘जात्रा’ को सिक्वेलका रुपमा निर्माण भएको यो फिल्ममा कमेडी कथा छ । नेपालमा मात्र नभएर अस्ट्रेलियामा पनि यो फिल्मले गज्जबको व्यापार गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ४६ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १