कलाकारका लागि ‘जात्रै जात्रा’ को स्पेशल शो « Khabarhub

कलाकारका लागि ‘जात्रै जात्रा’ को स्पेशल शो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्षको सफल चलचित्र ‘जात्रै जात्रा’ ले रिलिजदेखि अहिलेसम्म पनि निरन्तर दर्शक पाइरहेको छ । जेठ ३ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मन जितेको छ भने बक्स अफिसमा पनि नोट छापेको छ ।

यसैबीच कलाकारलाई देखाउनका लागि फिल्म युनिटले स्पेशल शो राखेको छ । राजधानीको बिग मुभिजमा गरिएको स्पेशल स्किृनिङमा कैयन् सेलिब्रेटीको उपस्थिति थियो । समीक्षकले समेत मन पराएको यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

राजधानीमा गरिएको ‘स्पेशल शो’मा वरिष्ठ कलाकार सुनील थापा, रेखा थापा, नम्रता श्रेष्ठ, सन्दीप क्षेत्री लगायतका चर्चित कलाकारको उपस्थिति थियो । यस्तै फिल्मका शीर्ष कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल लगायतका कलाकार उपस्थित थिए ।

फिल्म शुरु हुनुभन्दा पहिले निर्देशक प्रदीप भट्टराईले फिल्म सफल रुपमा सफल भएको र ५१ दिन मनाओस् भन्ने आशा राखेको धारणा राखे ।

सफल चलचित्र ‘जात्रा’ को सिक्वेलका रुपमा निर्माण भएको यो फिल्ममा कमेडी कथा छ । नेपालमा मात्र नभएर अस्ट्रेलियामा पनि यो फिल्मले गज्जबको व्यापार गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ४६ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि