बिल गेट्सलाई उछिन्दै बर्नाड अर्नाल्ट बने विश्वका दोस्रो धनाढ्य | Khabarhub Khabarhub

बिल गेट्सलाई उछिन्दै बर्नाड अर्नाल्ट बने विश्वका दोस्रो धनाढ्य


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई उछिन्दै फ्रान्सेली अर्बपति बर्नाड अल्नार्ट विश्वका दोस्रो धनाढ्य बन्न सफल भएका छन् ।

अमेरिकी पत्रिका ब्लूमबर्गको बिलेनियर इण्डेक्सको नयाँ सूची अनुसार उनी विश्वका दोश्रो धनाढ्य बन्न सफल भएका हुन् । उनको सम्पत्ति १ खर्ब ८ अर्ब अमेरिकी डलर रहेको ब्लूमबर्गले जनाएको छ । उनी अघिल्लो महिनामात्र विश्वका तीन शीर्ष धनाढ्य बन्न पुगेका थिए ।

उनी फ्रान्सको एलभीएमएच (लुई भुटिन मोएत हेनेसी) नामक आलिशान सामान निर्माता कम्पनीका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी हुन् । ७० वर्षे उनको कम्पनी फ्रान्समा निकै लोकप्रिय मानिन्छ । उनले सन् १९८० मा यो क्षेत्रमा कदम राखेको जनाइएको छ ।

१ खर्ब २५ अर्ब अमेरिकी डलरका साथ अमेजन कम्पनीका संस्थापक जेफ बेजोस विश्वका सबैभन्दा धनीको सूचीको शीर्षस्थानमै यथावत छन् । त्यस्तै, तेश्रो स्थानमा झरेका बिल गेट्सको सम्पत्ति १ अर्ब ७ अर्ब छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : ०२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई