प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल « Khabarhub

प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरे ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउँदै समयसापेक्ष पूर्वाधारमा पनि सहयोग गर्ने बताए । संविधानले व्यवस्था गरेअनुसार प्रहरी प्रदेशको मातहतमा आइसक्नुपर्ने भए पनि अझै सङ्घको मातहतमा नै रहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सानो सहयोगले पनि प्रभावकारी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए । सीमित साधनस्रोत भए पनि प्रहरीले देश र जनताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले साधनस्रोत सम्पन्न बनाउन पनि आफूहरूले प्रयास गर्ने बताए।

प्रदेश प्रहरी कार्यालय प्रमुख घिमिरेले प्रहरीले साधनस्रोतको कमी हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी सफलताका साथ बहन गर्दै आएको जानकारी दिए । प्राप्त सहयोगले सुरक्षाको प्रभावकारितामा टेवा पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : ३२ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा