किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण « Khabarhub

किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गरे ।

सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए । ‘यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ’ उनले भने ।

जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गरे । कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताए।

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन् । अनुदान उपकरण पाएपछि खुशी हुँदै गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहुँ र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ८ : ५४ बजे

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको