किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण « Khabarhub

किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गरे ।

सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए । ‘यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ’ उनले भने ।

जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गरे । कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताए।

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन् । अनुदान उपकरण पाएपछि खुशी हुँदै गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहुँ र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ८ : ५४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग