एक वर्षका दुर्घटनामा १४६ को मृत्यु | Khabarhub Khabarhub

एक वर्षका दुर्घटनामा १४६ को मृत्यु


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।

अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन् ।

जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिप/कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको बताए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ०७ बजे

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो

अविकसित देशलाई सहयोग गर्न जी–७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग

काठमाडौं– गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले दशैँअघि नै काठमाडौँ उपत्यकामा पुनः

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको