टिकटकमा भुल्ने कर्मचारीको तलब काटिने ! « Khabarhub

टिकटकमा भुल्ने कर्मचारीको तलब काटिने !


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना प्रविधिको विकाससँगै यसको दुरुपयोगबाट हुने विभिन्न समाचारहरु सार्वजनिक भइरहन्छन् । पछिल्लो समय निकै चलेको टिकटकका विषयमा पनि अनेक समाचार बन्ने गरेका छ ।

कहिले टिकटकबाट मोडल बनेको, कहिले टिकटककै कारण हराएको मानिस भेटिएको समाचार यसअघि नै सार्वजनिक भएका छन् । अहिले पुनः यस्तै अनौठो खबर सार्वजनिक भएको छ । जसले अब तपाईं अफिसमा टिकटकको प्रयोग नगर्ने प्रण गर्नुहुनेछ ।

घटना भारतको हो । तेलंगानाको खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएको र अरु सोसल मिडिया एप चलाएर समय बिताएको आरोपमा तलब कटौती गर्ने तथा सरुवा गरेर कारबाही गरेको छ ।

निगम प्रमुखले करारमा भर्ना गरिएका ११ जना कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश दिएका हुन् । यस्तो कारवाही भोग्ने कर्मचारीमा महिला र पुरुष दुवै छन् । उनीहरुलाई कार्यालय समयमा सोसल मिडियामा च्याट गरिरहेको तथा टिकटकमा भिडियो रेकर्ड गरिरहेको बेला पटक पटक फेला पारिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी