भारतबाट नेपालतर्फ आउँदै गरेको ट्रकका सहचालक मृत फेला « Khabarhub

भारतबाट नेपालतर्फ आउँदै गरेको ट्रकका सहचालक मृत फेला


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– भारतबाट माल सामान बोकेर नेपालतर्फ आउँदै गरेको भारतीय ट्रकका सहचालक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार परवानीपुरस्थित सुख्खा बन्दरगाहतर्फ जाँदै गरेको युपी–२५–सीटी–४४६१ नम्बरको १४ चक्के ट्रकका सहचालक मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा भारत बरैली जिल्लाको भुताहा थाना घर भएका अन्दाजी ४५ वर्षीय सोनु छन् ।

सोनुको ट्रक भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकसहित ट्रकका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

मृतक सोनुको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ११ : ०३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या