बार्सिलोना जाने हल्लाकाबीच पीएसजीको अभ्यासमा नेयमार « Khabarhub

बार्सिलोना जाने हल्लाकाबीच पीएसजीको अभ्यासमा नेयमार


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले प्रि–सिजनको अभ्यास शुरु गरेका छन् । अभ्यास शुरु भएको एक हप्तापछि उनले आफ्ना टिम मेटलाई भेटेका हुन् ।

क्लबबाट बाहिरिने हल्लाकाबीच उनी बुधबार पीएसजीको अभ्यासमा सहभागी भएका हुन् ।

पीएसजीले मंगलबार खेलेको मैत्रिपूर्ण खेलमा सहभागी नभएका नेयमार बुधबारमात्रै क्लबको अभ्यासमा पुगेको स्पेनिस फुटबल पत्रिका मार्काले जनाएको छ ।

यद्यपी उनी क्लब छाड्न चहान्छन् तर, पनि उनी पीएसजीकी चीन टुरमा भने सहभागी हुने छन् । अहिलेसम्म पीएसजीको खेलाडी भए पनि उनी अब कति समय पीएसजीको खेलाडी रहनेछन् भन्ने बारे भने कसैलाई पनि थाहा नभएको मार्काले जनाएको छ ।

नेयमार पूर्व क्लब बार्सिलोना जाने चर्चा भने भइरहेको छ । त्यतिमात्रै होइन नेयमार आफै पनि बार्सिलोना जाने रहर देखाइरहेका छन् ।

केही समय अगाडिमात्रै नेयमारले हाल आफू आवद्ध क्लबलाई सन् २०१७ मा बार्सिलोनाले हराएको क्षण सबैभन्दा स्मरणयोग्य क्षण भएको बताएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन