खतरनाक भाइरसबाट संसारका २.५ करोड मोबाइल प्रभावित, आफ्नो फोनबाट हटाई हाल्नुहाेस् « Khabarhub

खतरनाक भाइरसबाट संसारका २.५ करोड मोबाइल प्रभावित, आफ्नो फोनबाट हटाई हाल्नुहाेस्


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एन्ड्रोइड स्मार्टफोन  सुरक्षाको दृष्टिले सधैँ नै जोखिममा रहने गर्छ । जसका कारण प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण कसै न कसैबाट चोरी भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । पछिल्लो समय एन्ड्रोइड स्मार्टफोन मालवेयर अर्थात भाइरसको आक्रमणमा पर्न थालेका छन् ।

सेक्युरिटी फर्म चेकपोइन्टले सार्वजनिक गरेको एक रिपोर्टले संसारका २ दशमलब ५ करोड एन्ड्रोइड फोन एजेन्ट स्मिथ मालवेयरको चपेटामा परेको दावी गरेको छ ।

रिपोर्टअनुसार भारतमा मात्रै यस भाइरसबाट १ दशमलब ५ करोड स्मार्टफोन प्रभावित भएको उल्लेख गरिएको छ ।

यो भाइरस प्रयोगकर्ताले पनि थाहै नपाई स्मार्टफोनमा प्रवेश गर्ने बताइएको छ । विशेष गरी गुगलसँग सम्बन्धित एपको माध्यमबाट यो भाइरस पत्तै नपाई स्मार्टफोनमा प्रवेश गर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो भाइरसले प्रयोगकर्ताको फोनमा अगाडि नै रहेको एपलाई भाइरस भएको एपमा परिवर्तन गर्ने गर्दछ । मालवेयर भाइरसबाट भारतका साथै पाकिस्तान, बंगलादेश, बेलायत, अस्टे«लिया र अमेरिकाका स्मार्टफोन प्रयोगकर्ता प्रभावित भएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : ४४ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट