सामाजिक सञ्जालमा सारी र दाह्री किन बन्यो भाइरल ? | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा सारी र दाह्री किन बन्यो भाइरल ?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–केहिदिन यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच सारी र दाह्रीको प्रसंग चर्चामा रहेको छ ।

नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ मुख्यरुपमा दुई खालका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रतिस्पर्धा नै चलेको छ । पहिलो सारी र दोस्रो दारी !

धेरै जसो महिला सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले सारी लगाएको तस्वीर सार्वजनिक गरेका छन् भने पुरुष प्रयोग कर्ताहरुले आफ्नो स्वरुपलाई बुढो बनाउँदै फुलेका दाह्री र कपाल भएका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन् । तीमध्ये अधिकांश पुरुषहरू छन् ।

बुढ्यौलीको रुप बनाउन उनीहरुले एउटा एपको प्रयोग गरिरहेका छन् । फेसएप नाम गरेको एप केही दिन देखि नेपालमा मात्र नभएर अन्य देशमा समेत प्रयोग भइरहेको छ । जसको मद्दतमा अनुहार चाउरी परेको देखाउन, दारी र कपाल सेतो बनाउन सकिन्छ ।

उता सारीको प्रयोग गर्ने युवतीहरुले आफ्ना नयाँ र पुराना तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यस्तो ट्रेन्ड नेपालमा मात्र नभएर भारतमा पनि चलेको छ ।

साउन महिना लागेसँगै महिलाहरुले हरियो र पहेलो चुराका साथमा सारी लगाउने भएका कारण साउन लाग्नासाथ सामाजिक सञ्जालमा सारी लगाएको फोटो पोस्ट गर्ने युवतीको संख्यामा बृद्धि भएको हो ।

फेस एपको प्रयोग गर्नेमा कलाकार देखि सर्वसाधारण समेत रहेका छन् ।

कलाकारहरुले सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरिरहेका छन् । कतिपय कलाकारका भने पब्लिक तस्वीरलाई नै फ्यानहरुले एपका माध्यमबाट बूढो बनाएर पोस्ट गरिरहेका छन् ।

एन्ड्रोइड र आइफोन दुवै एपमा उपलब्ध यो एपले कुनै पनि तस्वीरलाई बूढो देखाउने गर्छ । सन २०१७ मै उपलब्ध यो एप एक रसियन कम्पनीले निर्माण गरेको हो ।

केही दिनयता सामाजिक सञ्जालमा यो एपको प्रयोग बढ्दो छ । विज्ञहरुले भने यो एपले मोबाइलको ग्यालरीका तस्वीरहरु चोर्न सक्ने चेतावनी दिएका छन् ।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबूकमा एपका माध्यमबाट बूढो देखिएको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘बिहान बिहान कुन चाहिँले काम पाएनछ, यस्तो बनाएर मलाई नै पठाएछ, बनाउन त बनायो ठीकै छ, तर मेरो हजुरबा भन्दा नि बूढो बनाएछ ।’

एकाबिहानै दीपकराज गिरीले तस्वीर शेयर गरेपछि अरु कलाकारले पनि तस्वीर अपलोड गर्न थाले । सामाजिक सञ्जालमा केदार प्रसाद घिमिरेले पनि तस्वीरहरु शेयर गरेका छन् । ती तस्वीरलाई उनले रमाइलोका रुपमा लिएका छन् ।

मोडल नीति शाहले पनि इन्स्टाग्राममा आफ्नो बुढ्यौली तस्वीर शेयर गरेकी छिन् । उनले मात्र होइन, अन्य नायिकाहरुले पनि एपका माध्यमबाट तस्वीर मोडिफाई गरेर अपलोड गरेका छन् । यसलाई धेरैले रमाइलोका रुपमा लिएका छन् ।

जितु नेपालले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘नेपाली बाजेले जीतु बाजेको फोटो बनाएछ, ८०बर्षको जीतु नेपाल अरे नि त ।’

निति शाहले इन्स्टाग्राममा यी तस्वीर शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ४ : १९ बजे

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र