लागूऔषध ब्राउनसुगरसहित २ जना नागढुंगाबाट पक्राउ « Khabarhub

लागूऔषध ब्राउनसुगरसहित २ जना नागढुंगाबाट पक्राउ


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड चारआलि बस्ने २२ वर्षीय आकाश लिम्बु र काठमाडौं गोगंबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् ।

उनीहरुमध्ये लिम्बुको साथबाट लागूऔषध ब्राउनसुगर ५।८४ ग्राम र मगरको साथबाट लागूऔषध ब्राउनसुगर ०।४० ग्राम बरामद भएको छ । कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बु र मगरलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही, बिष्णु गाउँपालिका(६ बाट अवैध लागूऔषध गाँजा करिब ३ केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० एम २५९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मोटरसाइकल छाडेर भागेकोले मोटरसाइकलको सिटमुनी लुकाइ राखेको उक्त अवैध लागूऔषध गाँजा र मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ५ : ०७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख