लागूऔषध ब्राउनसुगरसहित २ जना नागढुंगाबाट पक्राउ | Khabarhub Khabarhub

लागूऔषध ब्राउनसुगरसहित २ जना नागढुंगाबाट पक्राउ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड चारआलि बस्ने २२ वर्षीय आकाश लिम्बु र काठमाडौं गोगंबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् ।

उनीहरुमध्ये लिम्बुको साथबाट लागूऔषध ब्राउनसुगर ५।८४ ग्राम र मगरको साथबाट लागूऔषध ब्राउनसुगर ०।४० ग्राम बरामद भएको छ । कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बु र मगरलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही, बिष्णु गाउँपालिका(६ बाट अवैध लागूऔषध गाँजा करिब ३ केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० एम २५९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मोटरसाइकल छाडेर भागेकोले मोटरसाइकलको सिटमुनी लुकाइ राखेको उक्त अवैध लागूऔषध गाँजा र मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : ०७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’