गर्भवती महिलाले भूलेर पनि नखानु आलु, खाएमा देखिने छ गम्भीर समस्या « Khabarhub

गर्भवती महिलाले भूलेर पनि नखानु आलु, खाएमा देखिने छ गम्भीर समस्या


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गर्भावस्थाको समयमा महिलाले आफ्नो स्वास्थ्यको अत्यन्तै ख्याल गर्नु पर्छ । त्यसमा पनि गर्भवती भएको समयमा महिलाको शरीरमा सुगर अर्थात चिनीको मात्रा अधिकांशमा बढ्ने गर्दछ ।

यसको मुख्य कारण उनीहरुको गलत खानपान पनि हो । खानपानको कुरा गर्दा गर्भवती महिलाले आलु खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कतिपय महिलाले आलुबाट बनेका विभिन्न परिकार निकै मन पराउने गर्छन् । तर एक अध्ययनका अनुसार गर्भवती महिलाले आलुको परिकार खाएमा त्यसले शरीरमा डाइभिटिज अर्थात मधुमेहको समस्या शुरु गर्न सक्ने छ ।

इन्सुलिन हर्मोनको मात्रामा कमी आउँदा डाइभिटिजको समस्या देखा पर्दछ । डायबिटिज थुप्रै प्रकारको हुन्छ । सामान्य रुपमा टाइप २ डाइबिटिज हुने गर्छ । गर्भावस्थाको समयमा हुने डाइभिटिजलाई जेस्टेसनल डाइबिटिज भनिन्छ ।

युएस नेसनल इन्टिच्युट अफ हेल्थ तथा हावर्ड युनिभर्सिटीले गरेको अध्ययनका अनुसार गर्भवती महिलाले आलु नखानु नै उचित हुने देखाएको छ । आलुको ठाउँमा हरियो सागसब्जी बढी खानु स्वास्थ्यका लागि फाइदाजनक हुनेछ ।

यसले गर्भवती महिलाका साथै उनको पेट भित्रको बच्चाका लागि पनि फाइदाजनक हुनेछ । यसबाट गर्भमा रहेको बच्चाले पौष्टिक तत्व प्राप्त गर्ने छ । सन् १९९१ देखि २००१ सम्म १५ सय महिलामाथि विशेषज्ञहरुले यो अनुसन्धान गरेका थिए ।

अध्ययन अगाडि यी महिलाहरुमा डाइभिटिजको समस्या देखिएको थिएन । जब उनीहरुलाई आलु खुवाउन थालियो, त्यसपछि भने बिस्तारै शरीरमा चिनीको मात्रा देखिएको थियो । यसले गर्भवती महिलाले आलु खान नहुने देखाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ०७ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको