एउटा त्यस्तो मेला जहाँ अर्काकी श्रीमती चोर्न पाइन्छ | Khabarhub Khabarhub

एउटा त्यस्तो मेला जहाँ अर्काकी श्रीमती चोर्न पाइन्छ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा कतिपय स्थानमा यस्ता अनौठा गतिविधि हुन्छन् की जुन कुरा सुन्दा पनि अचम्म लाग्छ । आज हामीले पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायकामा हुने गरेको एउटा अनौठो संस्कारको प्रसङ्ग ल्याएका छौं ।

बोदाब्बे आदिवासी समुदायमा प्रचलित उक्त संस्कारअनुसार पुरुषहरु एक अर्काका श्रीमतीहरुलाई चोरेर बिहे गर्दछन् । यसरी अर्काकी श्रीमती चोरेर बिहे गर्नु त्यो आदिवासी समुदायको पहिचान नै हो ।

संस्कारअनुसार, त्यो समुदायमा पुरुषहरुको पहिलो विवाह भने घरपरिवार सँगको राजीखुसी मै हुने गर्छ । त्यहाँ दोस्रो विहे गर्न पनि पाइन्छ तर त्यसका लागि पुरुषहरुले कुनै अरु पुरुषकी श्रीमतीलाई भगाउनु पर्छ ।

यसरी अर्काकी श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला नै लाग्छ । जसलाई गेरेबोल महोत्सव भनिन्छ । त्यो महोत्सवका समयमा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई अनेक प्रयत्न गरेर फकाउने कोसिस गर्दछन् ।

यसो गरिरहेको समयमा पुरुषहरु यो कुरा पक्का गर्न चाहन्छन् की अर्काकी श्रीमतीलाई फकाइरहेको बेलामा ती महिलाको लोग्नेले देख्न नपाओस् ।

अझ त्यसको सुइँको समेत नपाओस् । जब विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी हुन्छिन् तब पुरुष ती महिलालाई लिएर फरार हुन्छन् ।

अनि उनीहरु भोगिसकेपछि समुदायले नै खुसीयालीसाथ ती दुई जनाको बिहे गराइदिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ३० बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले