पटकपटक म्याद थप्दा पनि बनेन पुल | Khabarhub Khabarhub

पटकपटक म्याद थप्दा पनि बनेन पुल


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–रेग्मीटारस्थित साप्सु खोलामा बनाउन थालिएको पुल पटकपटक समय थप्दा पनि निर्माण सम्पन्न भएको छैन ।

सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन ।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन ।

पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।

पुल निर्माणको काम करीब २ प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । उनले चाँडै निर्माण सम्पन्न गरी पुलको उद्घाटन गर्ने तयारीमा लागेको पनि बताए।

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम अनपेक्षित पछाडि धकेलिएको स्थानीयको आरोप छ ।

करीब ६ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् ।

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै विरोधका आवाज उठ्ने गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : २२ बजे

विकास निर्माणमा राजनीति दलहरूबीच विवाद छैन : उपसभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा

काठमाडौं– ललितपुरको ग्वार्कोमा निर्माणधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको

मटिहानी नगरपालिकाको बजेट ४० करोड 

जनकपुरधाम– महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२का लागि ४० करोड

भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

काठमाडौं– भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको

नेपालमा पहिलो पटक सहकारी रोजगार मेला हुँदै

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक सहकारी रोजगार मेला