नदीबाट दैनिकी गुजार्ने महानगरका ६८ परिवार « Khabarhub

नदीबाट दैनिकी गुजार्ने महानगरका ६८ परिवार


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाका ६८ परिवार नदीकै भरमा गुजारा चलाइरहेका छन् । स्मार्टसिुटीका लागि तथ्यांक संकलन गरिरहेको महानगरले नारायण र राप्ती नदीबाट नगरका ६८ परिवारले जीविको चलाइरहेको जनाएकोछ ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना छन् ।

यसैगरी खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३ सय जनाले अनुमति लिएको ढकालले बताए ।

हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका छन् । उनीहरुको परम्परागत पेशा माछा मार्ने हो ।

अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन् । यद्यपि यस आर्थिक वर्षमा महाजालमा परेर तीन वटा गोही राप्ती नदीमा मरेका छन् । गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो । लुकीछिपी महाजाल प्रयोग भइरहेको छ ।

नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने बताइन । उनीहरुले यही पेशाबाट जीवनस्तर उकास्न नसक्ने भएकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहालको भनाई छ।

विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो । घडियाल गोहीले माछा मात्रै खाने गर्दछ । मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ५७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको