‘रेलिमाई’ को सीक्वेलमा केकी र आर्जन (भिडियो) « Khabarhub

‘रेलिमाई’ को सीक्वेलमा केकी र आर्जन (भिडियो)


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आठ महिना पहिले भाइरल भएको गीत ‘रेलिमाई’ को सफलतापछि गायक आर्जन पाण्डेले ‘रेलिमाई २’ बजारमा ल्याएका छन् । सामाजिक सञ्जाल तथा युट्युबमा समेत सर्वाधिक खोजिएको ‘रेलिमाई’ गीतलाई हालसम्म ७५ लाखभन्दा बढीपटक हेरिएको छ ।

गायक तथा मोडल आर्जनले यसको दोस्रो सिक्वेल स्वरुप ‘रेलिमाई २’ ल्याएका हुन् । उक्त सिक्वेलको बोल ‘झिमिक्कै परेली’ नाम राखिएको छ । गीतमा आर्जनको स्वर छ भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । गीतमा प्रतीक पौडेलको संगीत छ ।

यस्तै भिडियोमा आर्जनले अभिनेत्री केकी अधिकारीको मोडलिङ गरेका छन् । मिडियामा आर्जन र केकी प्रेममा रहेको गसिप चलिरहेका बेला यी दुईको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको हो ।

विशाल भण्डारीले निर्देशन गरेको गीतको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् भने अर्जुन तिवारी एण्ड टिमले छायांकन गरेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १० : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको