‘रेलिमाई’ को सीक्वेलमा केकी र आर्जन (भिडियो) | Khabarhub Khabarhub

‘रेलिमाई’ को सीक्वेलमा केकी र आर्जन (भिडियो)


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आठ महिना पहिले भाइरल भएको गीत ‘रेलिमाई’ को सफलतापछि गायक आर्जन पाण्डेले ‘रेलिमाई २’ बजारमा ल्याएका छन् । सामाजिक सञ्जाल तथा युट्युबमा समेत सर्वाधिक खोजिएको ‘रेलिमाई’ गीतलाई हालसम्म ७५ लाखभन्दा बढीपटक हेरिएको छ ।

गायक तथा मोडल आर्जनले यसको दोस्रो सिक्वेल स्वरुप ‘रेलिमाई २’ ल्याएका हुन् । उक्त सिक्वेलको बोल ‘झिमिक्कै परेली’ नाम राखिएको छ । गीतमा आर्जनको स्वर छ भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । गीतमा प्रतीक पौडेलको संगीत छ ।

यस्तै भिडियोमा आर्जनले अभिनेत्री केकी अधिकारीको मोडलिङ गरेका छन् । मिडियामा आर्जन र केकी प्रेममा रहेको गसिप चलिरहेका बेला यी दुईको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको हो ।

विशाल भण्डारीले निर्देशन गरेको गीतको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् भने अर्जुन तिवारी एण्ड टिमले छायांकन गरेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १० : १४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको