पशुपति शर्माको स्पष्टोक्ति– ‘गीत कुनै पार्टीको समर्थन र विरोधमा सिर्जना गरिएको होइन’ « Khabarhub

पशुपति शर्माको स्पष्टोक्ति– ‘गीत कुनै पार्टीको समर्थन र विरोधमा सिर्जना गरिएको होइन’


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबमा अपलोड गरेपछि विवादमा आएर हटाइएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई सत्तारुढ दलका भातृ संगठनहरुले विरोध जनाएको विषयलाई लिएर गायक शर्माले यो गीत कुनै पार्टीको विरोधको रुपमा सिर्जना नगरेको स्पष्ट पारेका छन् । शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

‘मैले हिजो मात्र विविध कारणले मेरो आधिकारिक युट्युब च्यानलबाट हटाएको गीत कुनै पार्टीका समर्थन र कुनै पार्टीको विरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहन्छु, त्यो विशुद्ध भ्रष्टाचार र धेरै वर्षदेखि विद्यमान विसङ्गति र विकृति विरुद्ध मात्र थियो र छ पनि,’ शर्माले लेखेका छन्, ‘यसै विषयमा म अनि म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालप्रति लक्षित गरी केही प्रचारप्रसार नगरिदिनुहुन पनि म विनम्र अनुरोध गर्दछु ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले हिजो (आइतवार) मात्र शर्माले हटाएको गीतलाई जस्ताको तस्तै पुनः युट्युबमा अपलोड गर्न अनुरोध गरेको थियो ।

गीतका केही शब्दलाई लिएर विवाद उत्पन्न भएपछि उक्त गीत शर्माले हटाएका थिए । उनले यो गीतलाई परिमार्जन गरेर पुनः अपलोड गर्ने बताएका छन् ।

\

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ११ : १७ बजे

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति