फौजी कीराले गहुँबालीमा आक्रमण गर्दा किसान चिन्तित | Khabarhub Khabarhub

फौजी कीराले गहुँबालीमा आक्रमण गर्दा किसान चिन्तित


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।

पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । गहुँबालीमा फौजी कीराले आक्रमण गरेको विषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

३५० हेक्टरमा लगाइएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजी कीराको प्रकोप देखिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १२ : ३० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून