स्थानीय तहका न्यायीक समितिमा उजुरी, घर झगडादेखि जग्गा विवादसम्म « Khabarhub

स्थानीय तहका न्यायीक समितिमा उजुरी, घर झगडादेखि जग्गा विवादसम्म


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– स्थानीय तहका न्यायीक समितिमा उजुरीहरु पर्ने क्रम बढेको छ ।  तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिमा ६० उजुरी दर्ता भएका छन् ।

तीमध्ये गत वर्षबाट जिम्मेवारी सरी आएका ११ र चालू आर्थिक वर्षको अहिलेसम्ममा दर्ता भएका ४९ गरी कूल ६० उजुरी दर्ता भएको समितिका संयोजक एबं उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिइन् ।

दर्ता भएका उजुरीमध्ये २४ लाई मिलापत्र गराउन सफल भएको छ भने ३६ उजुरी विचाराधीन रहेको समितिले जनाएको छ ।

समितिमा सबैभन्दा बढी इज्जत, घर भाडा, ज्याला मजदूरी, जग्गा विवाद, बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका उजुरी आउने गरेका छन् ।

“विवाद लिएर नागरिक न्यायिक समितिमा उजुरी लिएर आउनुहुन्छ, हामीले दुबै पक्षलाई राखेर मेलमिलापको नीतिबाट त्यस्ता उजुरीको टुङ्गो लगाउने गरेका छौं, दुबै पक्ष यहाँबाट खुशी भएर जाने गर्नुहुन्छ” संयोजक आचार्यले भनिन् ।

उपमहानगरपालिकामा छुट्टै इजलाश कक्ष, विज्ञ कर्मचारी भएका कारण आफूहरुलाई काम गर्न कुनै समस्या नभएको पनि आचार्यले बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १ : २० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका