संसदमा पशुपति शर्माको चर्चा– दुई तिहाइको अगाडि यस्तो गीत गाउन पाइन्छ ? « Khabarhub

संसदमा पशुपति शर्माको चर्चा– दुई तिहाइको अगाडि यस्तो गीत गाउन पाइन्छ ?


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माको गीत युट्युवबाट हटाइएको विषयले संसदमा प्रवेश पाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले दुई तिहाइको सरकारका अगाडि यस्तो गीत गाउन मिल्छ भन्दै कटाक्ष गरे ।

‘दुई तिहाइको सरकार अगाडि यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ?’ बैठकमा सिंहले भने,‘ त्यस्तो गीत गाउनेको त मुखमा ताला लगाउनु पर्छ सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्छ ।’

सरकारको यस्तो बुझाइले लोकतन्त्रमाथि नै प्रश्न जन्मिएको उनको भनाइ थियो ।

सिंहले जनबोलिको गीत गाउने गायक पशुपति शर्मालाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार नगद सम्मान स्वरुप दिने घोषणा समेत गरे ।

जनताको भावना वुद्धिजीवीको भावना, गायकको भावनालाई सरकारले सम्मान नगरे जनताले पनि सरकारलाई सम्मान नगर्ने उनको भनाइ थियो ।

जनताको भावना अनुसार सरकार चल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १ : ५४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार