पशुपति शर्मालाई २५ हजार दिने कांग्रेस सांसदको घोषणा « Khabarhub

पशुपति शर्मालाई २५ हजार दिने कांग्रेस सांसदको घोषणा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले जनबोलीको गीत गाएको भन्दै गायक पशुपति शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट पच्चीस हजार रुपैयाँ  दिने घोषणा गरेका छन् । उनले आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

सि‌ंहले संसदमा प्रश्न उठाउँदै दुई तिहाइको सरकारको अगाडि यस्तो गीत गाउन पाइन्छ ? जतनाको भावना व्यक्त गर्न पाइन्छ ? भन्दै सरकारप्रति व्यङ्ग्य गरे । बैठकमा सिंहले भने, ‘त्यस्तो गीत गाउनेको त मुखमा ताला लगाउनु पर्छ, सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्छ ।’

साथै उनले सरकारको यस्तो कामले लोकतन्त्रमाथि नै प्रश्न खडा गरेको बताए ।

गायक शर्माले युट्युबमा अपलोड गरिसकेको गीत ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत विवादमा आएपछि हटाएका थिए । सत्तारुढ दलका भातृ संगठनले सार्वजनिक रुपमै पशुपति शर्माका कार्यक्रम गर्न/गराउन विरोध गर्न आग्रह गरेपछि शर्माले उक्त गीत हटाएका थिए ।

गीत हटाउन लगाएको भन्दै सामाजिक सञ्जालमा सरकारको व्यापक विरोध भइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको