वर्षा शिवाकोटी भन्छिन्, ‘बिहे गर्न पार्टनर नै पाएकी छैन’ « Khabarhub

वर्षा शिवाकोटी भन्छिन्, ‘बिहे गर्न पार्टनर नै पाएकी छैन’


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षा राउत र वर्षा शिवाकोटी समकालीन हिरोइनहरु हुन् । यी दुईको नाम मिल्दा कतिपय दर्शक झुक्किन्छन् पनि । फिल्ममा पनि झण्डै उस्तै अनुपातमा काम गरिरहेका छन् । चर्चाको हिसाबले पनि खासै तलमाथि छैन दुवैको चर्चा ।

केही दिन पहिले मात्र प्रणय दिवसको अवसर पारेर वर्षा राउतले नायक सञ्जोग कोइरालासँग बिहे गरिन् । वर्षा र सञ्जोगबीच झण्डै सात वर्ष लामो प्रेमसम्बन्ध थियो । उक्त सम्बन्धलाई उनीहरुले बिहेको बन्धनमा परिणत गरे ।

फिल्मकर्मीमाझ यो युगल जोडीको चर्चा अझै सेलाएको छैन । जसका कारण सोही प्रश्नलाई जोडेर अन्य नायिकाको बिहेको कुरालाई पनि जोड्ने गरिएको छ ।

तस्वीर – गणेश बस्याल

आइतवार काठमाडौंको क्युज हलमा फिल्म ‘पुरानो बुलेट’ को कार्यक्रम थियो । उक्त कार्यक्रममा वर्षा शिवाकोटी पनि उपस्थित थिइन् । ट्रेलर रिलिजपछि वर्षालाई सोधियो – ‘वर्षा राउतले त बिहे गर्नुभो, तपाईंले कहिले गर्ने?’

यो प्रश्नले एकछिन त हलमा हाँसो फैलियो । त्यसपछि वर्षाले पनि मुसुक्क मुस्कुराउँदै जवाफ फर्काइन्, ‘मैले बिहे गर्ने पार्टनर नै पाएको छैन, अनि मैले कसरी बिहे गर्नु ?’

उनलाई पत्रकारले फेरि सोधे, ‘भनेपछि तपाईंले कसैलाई मन पराउनुभएको छैन ?’

वर्षाले उत्तिखेरै भनिन्, ‘खै ! मलाई कसैले मन नै पराउँदैन, कसैले अप्रोच नै गर्दैन । खोज्दिनुस् न !’

वर्षा शिवाकोटीले ‘लप्पन छप्पन’, ‘भैरे’, ‘नाइँ नभन्नू ल’, ‘पशुपति प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी छिन् । यतिबेला भने उनी फिल्म ‘वीर विक्रम २’ को छायांकनका क्रममा छिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ५५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६